काठमाडौं, ११ माघ
आर्थिक वर्ष ०६८/६९ को पुस मसान्तसम्ममा हरेक नेपालीको थाप्लोमा १७ हजार नौ सय २४ रुपैयाँको ऋणभार परेको छ । पुस मसान्तसम्ममा नेपालको कूल ऋण दायित्व चार खर्ब ७७ अर्ब १७ करोड ६२ लाख ३४ रुपैयाँ पुगेको छ ।
नेपालीको थाप्लोमा हरेक वर्ष ऋण थपिँदै गएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा प्रतिव्यक्ति ऋणभार १६ हजार ६ सय ६४ रुपैयाँ थियो । जनगणनाको पछिल्लो तथ्यांकअनुसार नेपालको अहिलेको जनसंख्या दुई करोड ६६ लाख २० हजार आठ सय नौ छ ।
गत आव ०६७/६८ को असार मसान्तमा नेपालको कूल ऋण दायित्व चार खर्ब ४३ अर्ब ६३ करोड ९८ लाख ९४ हजार थियो । पुस मसान्तसम्ममा भने कूल आन्तरिक ऋण एक खर्ब ८७ अर्ब ६२ करोड ८३ लाख १४ हजार र वैदेशिक ऋण दुई खर्ब ८९ अर्ब ५४ करोड ७९ लाख २० हजार पुगेको छ । नेपाली रुपैयाँको वैदेशिक मुद्रासँगको विनिमय दरमा अमेरिकी डलरको विनिमय दर वृद्धि भएकाले वैदेशिक ऋण दायित्व बढेको हो ।
अर्थ मन्त्रालयको तथ्यांकअनुसार आन्तरिक ऋणमध्ये विकास ऋणपत्रको ४३ अर्ब ५१ करोड ९४ लाख, नागरिक बचतपत्रको १५ अर्ब ३० करोड २८ लाख, बोलकबोल ट्रेजरी बिलको एक खर्ब २३ अर्ब ८४ करोड ६ लाख दायित्व छ । यसैगरी, विशेष ऋणपत्र १५ करोड ७६ लाख, वैदेशिक ऋणपत्रको ७३ लाख ८० हजार र अन्तर्राष्ट्रिय मुद्रा कोषको चार अर्ब ८० करोड रुपैयाँ आन्तरिक ऋण छ ।
वैदेशिक ऋणतर्फ बहुपक्षीय ऋण दुई खर्ब ५६ अर्ब १६ करोड ८९ लाख रुपैयाँ र द्विपक्षीयतर्फ ३३ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ ऋण छ । वैदेशिक ऋणमा पहिलोपटक चिनियाँ ऋण गत वर्षबाट समावेश गरिएको छ । नेपालले चीनलाई एक अर्ब ३४ करोड ९५ लाख ३६ ऋण तिर्न बाँकी छ ।
सरकारले प्रत्येक आर्थिक वर्षमा साँवा-ब्याज भुक्तानीका लागि रकम विनियोजन गरी भुक्तानी गर्ने गरेको छ । ऋणको ब्याजदर ज्यादै न्यून भए पनि विदेशी मुद्राको विनिमयमा आउने उतारचढावले साँवा-ब्याज भुक्तानीमा असर पार्ने गरेको छ ।
वैदेशिक द्विपक्षीय ऋण
देश ऋण
जापान १८ अर्ब एक करोड ६० लाख
कुवेती कोष २५ करोड ५० लाख
साउदी कोष ७० करोड ४१ लाख
प|mान्स एक अर्ब ८५ करोड ८१ लाख
रुस १० करोड ५१ लाख
बेल्जियम एक अर्ब १८ करोड ७० लाख
भारत दुई अर्ब ८१ करोड
दक्षिण कोरिया तीन अर्ब ४५ करोड ८८ लाख
अस्टि्रया १९ करोड चार लाख
चीन एक अर्ब ३४ करोड ९५ लाख
वैदेशिक बहुपक्षीय ऋण
एसियाली विकास बैंक एक खर्ब १५ अर्ब १३ करोड
आइडिए -विश्व बैंक) एक खर्ब पाँच अर्ब ७४ करोड
ओपेक एक अर्ब २७ करोड
इइसी ३९ करोड ८९ लाख
आइफाड पाँच अर्ब १२ करोड ५२ लाख
एनडिएफ एक अर्ब ८८ करोड ५९ लाख
स्रोत ः अर्थ मन्त्रालय

Discussion
No comments yet.