you're reading...
around the world

बिकास किन भा छैन? हेर्नुस् त घाँस काट्दै भिडियो च्याट गरेको

अर्घाखाँची- खाँचीकोटकी वसन्ता आचार्य दुबईमा रहेका श्रीमान्सँग मोबाइलमाभन्दा भिडियो च्याटमा बढी कुरा गर्छिन् । ‘न्यास्रो मेट्न घाँस काट्दै भिडियो च्याटमा कुरा गर्छु,’ उनले भनिन्, ‘हेर्नुस् त, मैले यसरी खर्‍यानमा भैँसीलाई घाँस काटेकी छु भनेर देखाउँदा उहाँ खुसी हुनुहुन्छ ।’ स्काइ मोबाइलबाट 

ल्यापटपमा इन्टरनेट जोडेपछि जे काम गर्दा जहाँबाट पनि कुरा गर्न सकिने उनले बताइन् । उनले ‘भौतिक शरीर सँगै नभए पनि मन, माया र अनुहार सँगै छ जस्तो लाग्छ ।’ सबै परिवारले एकै ठाउँ बसेर उहाँसँग कुरा गर्ने उनले बताइन् । यस्तो सुविधा भएपछि पढेलेखेका युवायुवती मात्रै नभएर गृहणीले समेत ल्यापटप कम्प्युटर चलाउन थालेका छन् ।

सात समुद्र पारिको छोरा सँगै अगाडि नै बसेजसरी अनुहार हेर्दै नरपानीकी ४५ वर्षीया शान्ति केसीले पनि सञ्चो बिसञ्चोको खबर लिने गरेकी छन् । ल्यापटपको भिडियो च्याटबाट आफूले खाना पकाउँदै गरेको सबै दृश्य छोरालाई देखाउँदै कुराकानी गर्न पाउँदा उनी दङ्ग छिन् । भनिन्, ‘भिडियो च्याटबाट विदेशमा रहेको छोरासँग यसरी कुरा गर्न पाउँदा घरमै भएको अनुभूति हुन्छ ।’ रोजगारका लागि ३ वर्षदेखि विदेशमा रहेको छोरासँग उनले ४ महिनादेखि भिडियो च्याटबाट कुरा गरिरहेकी छन् । उनले भनिन्, ‘मेरो श्रीमान्ले भारतमा नोकरी गर्नुहुन्थ्यो, घरबाट हिँडेको छ महिना, वर्ष दिनमा कोही लाहुरे आयो भने चिठी ल्याएपछि मन ढुक्क हुन्थ्यो, बोली त परै जाओस् ।’ तर अहिले छोराको अनुहार हेर्दै कुरा गर्ने मात्रै होइन, ऊ बसेको ठाउँ, कोठा बिस्तरा, खाना सबै देख्न पाउँदा उनको नियास्रो मेटिएको छ । उनले भनिन्, ‘अब पटुकीभित्र रहने मोबाइल पनि पुरानो भइसक्यो ।’ जिल्लाका विकट गाउँका वस्तीमा समेत सञ्चारको सुविधा पुग्दा शान्तिको जस्तै धेरै महिलाले विदेशमा रहेका आफन्तसँग ढुक्कले कुरा गर्न पाएका छन् । काम सकेपछि उनीहरू टेलिभिजनको रिमोट हातमा लिएर च्यानल बदल्ने, ताजा समाचार हेर्न अनलाइन खोल्ने र आफन्तहरूसँग भिडियो च्याटमा गफ गर्न ल्यापटप र कम्प्युटर खोल्न थाल्छन् ।

ठाडाकी बिमला भुसालले गाउँमा बिजुली गएपछि सदरमुकामको साइबरमा धाउन छाडेकी छन् । रोजगारका लागि दुबई पुगेका भाइसँग घरमै बसेर इन्टरनेटमा अनुहार हेर्दै कुरा गर्न थालेको बताइन् । ६२ वर्षीया हजुरआमा खगिश्वराले पनि बिमलाले जस्तै नातिको सहायतामा कतारमा रहेका छोरासँग अनुहार हेर्दै सञ्चो बिसञ्चोको कुराकानी गर्छिन् । रोजगारका लागि विदेसिएका र घर छाडेर अन्य पेसा, व्यवसाय र जागिर गर्नेले आफन्तलाई उपहारस्वरूप राम्रो कपडा, घडी, रेडियो ल्याइदिनेले अहिले ल्यापटप, कम्प्युटर, टिभी र राम्रो मोबाइल सेट ल्याइदिने चलन बढ्दै गएको खाँचीकोटका शिक्षक रामबहादुर केसीले बताए । विदेशमा मात्रै नभएर गाउँघरमा रहेका आफन्तहरूसँग कुरा गर्दा भिडियो च्याटबाट गर्ने चलन बढ्दै गएको उनले बताए ।
साभार: इकान्तिपुर, माघ ८, २०६८

 
 

Discussion

No comments yet.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

सधैं सम्झनुहोस्…

एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !

नेपाल टेलिभिजन

EXCHANGE RATE

This page has been visited

  • 43,789 times since 1st april

Top Rated

Watch videos at Vodpod and other videos from this collection.