you're reading...
around the world

सरकारी कर्मचारीले अझै नेपाल अधिराज्य भन्न छाडेका छैनन्

२९ पुस, काठमाडौं । मुलुकमा लोकतन्त्र आइसकेपछि अब देश अधिराज्यबाट राज्यमा परिणत भैसकेको छ । तर आफूलाई लोकतन्त्र र गणतन्त्रवादी भन्ने नेताहरु तथा सरकारी कर्मचारीले अझै अधिराज्य भन्न छाडेका छैनन् । राजा र राजतन्त्र बिरुद्ध चर्का भाषण गर्ने नेताहरु बेलाबेला अधिराज्य शब्द घुसाइहाल्छन् । त्यस्तै कतिपय सरकारी कर्मचारीले बोलीचालीमा मात्रै होइन, प्रशासनिक कामकाजमा समेत अधिराज्य शब्द नै उल्लेख गर्छन् । एउटा मात्र उदाहरणको लागि शुक्रबार एक दैनिक पत्रिकामा प्रकाशित सरकारी विज्ञापन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको विज्ञापनमा अधिराज्य शब्द उल्लेख छ । सरकारी निकायकै रुपमा रहेको प्रतिष्ठानका कर्मचारीलाई शायद अधिराज्यको अर्थ थाहा नभएर हो या बानी जान नसकेर त्यो शब्द प्रयोग गरे । यसरी खोजी गर्दै जाने हो भने अधिराज्य शब्द अन्यत्र पनि यसैगरी प्रयोग भैरहेको भेटिन्छ । अधिराज्यको अर्थः अधिराज्य भन्ने शब्द युनाईटेड किङडम अर्थात संयुक्त अधिराज्य बेलायतबाट नेपाल भित्रिएको हो । किङडमको नेपाली रुप अधिराज्य हो । किङ भनेको राजा र डक भनेको राजाको अधिनमा रहेको भुभाग । बेलायत राजा रानीको अधिनमा रहेको साम्राज्य भन्ने बुझाउन युनाइटेड किङडम भनिएको हो । संसारभर प्रचलित अक्सफोर्ड डिस्नेरी हेर्ने हो भने पनि किङडमको अर्थ राजा वा रानीले शासन गर्ने देश भन्ने बुझाउँछ । अर्थात अधिराज्यको मतलब एउटा व्यक्तिद्वारा नियन्त्रित क्षेत्र जहाँ कुनै एकल चीज वा विचारको हालीमुहाली भन्ने हुन्छ । नेपाली शब्दकोश अनुसार अधिराज्य भनेको अधीनस्थ भूमी वा देश हो । अधिराज्यको अर्थ सर्वोपरि नायक, सम्राट वा महाराजधिराज हुन्छ । त्यसो भए के को अधिराज्य ? अधिराज्यले राजाले शासन गरेको देश भन्ने बुझाउँछ । त्यसो भए अहिले राजा छन् ? छैनन् भने किन त यो शब्दको प्रयोग ? नेपालबाट राजतन्त्र उन्मूलन गरेर संघीय गणतन्त्रात्मक राज्य घोषणा भैसकेपछि अब नेपाल अधिराज्य भन्न मिल्दैन र पाईंदैन पनि । २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधान र २०६५ जेठ १५ गतेको संविधानसभा बैठकपछि मुलुक वैधानिक रुपमा संघीय गणतन्त्रात्मक देश भैसकेको छ । यति हुँदाहुँदै पनि पञ्चायती व्यवस्थामा जस्तो अझै अधिराज्यको शब्द प्रयोग हुन छोडेको छैन । सामन्ती राजतन्त्रसँग जोडिएको अधिराज्य श्ाब्दमाथि बन्देज लगाउन को तात्ने हो ? कि यो गम्भीर विषय होइन ? ख्याल गर्ने कि नेताज्यूहरु ।

Discussion

No comments yet.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

सधैं सम्झनुहोस्…

एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !

नेपाल टेलिभिजन

EXCHANGE RATE

This page has been visited

  • 43,789 times since 1st april

Top Rated

Watch videos at Vodpod and other videos from this collection.