अर्को गौतम बुद्ध भेटिए
Posted by nepalitaly on October 12, 2009
पुर्वी चितवनको खैरेनि वडा नम्बर ८ सुन्दर बस्तिमा गौतम बुद्धको आसनमा ध्यान गरिरहेका एक युवक भेटिएपछि उनलाइ हेर्नको लागि स्थानीय बासिन्दाहरुको विहानैदेखि घुइचो लागेको छ । अन्दाजी १५ वर्षिया ती युवक सेतो वस्त्र धारण गरी ध्यान गरिरहेका छन् । विहान ५ बजे स्थानीय बासिन्दाले उनलाई ध्यान गरेर बसिरहेको अवस्थामा भेटेका थिए । ध्यान मग्न अवस्थामा रहेका ती युवकलाई गौतम बुद्धको अर्को रुप भन्दै स्थानीय बासिन्दाहरुले पैसा चढाइ पुजा समेत गरिरहेका छन् ।
