आगो निभाउने क्रममा रामेछापमा १५ सैनिकको मृत्यु
Posted by nepalitaly on April 25, 2009
आगो निभाउने क्रममा रामेछापमा १५ सैनिकको मृत्यु भएको छ । आज दिउंसो रामेछाप जिल्ला अस्पताल नजिकैको जंगलबाट सल्केको आगो फैलन नदिन सक्रिय सैनिहरुको मृत्यु भएको हो । जंगलमा भिषण आगो लागी अस्पतालसम्म पुगेपछि निभाउन सक्रिय सैनिकहरुलाई लप्काले भेटेको थियो । घटनामा मृत सैनिकहरुको शव संकलन कार्य भइरहेको छ । जंगलको खोचमा उनीहरुको शव भेटिएको छ । प्रहरीका अनुसार एकजना प्रहरी पनि हराइरहेका छन्
