Latest Post

एउटा यस्तो समाचार(ब्यङ्य)

तेल निर्यातबाट अर्थतन्त्र टिकेको अरबी मुलुकहरुले नेपालसंगको दौत्य-सम्बन्ध बिच्छेद गरेको छन् l सूत्रको अनुसार नेपालबाट उत्पादित जलाबिध्युतीय उर्जाले पेट्रोलिएम पदार्थको खपतमा ब्यापक ह्रास आएकोले खाडीको ति मुलुकहरुले बिरोध स्वरूप यस्तो कदम चालेको बुझिन आएको छ l नेपाल बिधुत प्राधिकरणले हालै प्रकाशित गरेको तथ्यांक अनुसार एशिया, यूरोप, अफ्रीकाको कुल उर्जा खपतको ९३.७२% प्रतिसत ने. बि. प्रा. ले  उपलब्ध गराउदै आएको छ र अमेरिका तथा अस्ट्रेलियामा पनि भबिस्यमा बजार लिनको लागि तार-रहित बिद्युत प्रसारण-लाइन बिकास गरि परिक्षण प्रसारण पनि सुरु भैसकेको छ l यिनै घटनाक्रमलाई मध्यनजर राख्दै खाडीको तेल निर्यातक मुलुकहरु नेपालसंग रुष्ट भएको बुझियको छ l अरब-लिगको हिजो बसेको आकस्मिक बैठकले “नेपालसंग दौत्य-सम्बन्ध बिच्छेद” गर्ने निर्णयको साथमा अन्य केहि बुदाहरु पनि अघि सारेको छन् :

१.तेल प्रसोधन केन्द्रमा (हालै बन्द भएको) कार्यरत सम्पूर्ण कामदारहरुलाई नेपालले रोजगारी दिनु पर्ने l

 २.पुर्ब तेल उत्पादक मुलुकहरुलाई सहुलियत दरमा बिद्युत उपलब्ध गराउनु पर्ने l

 ३.नेपाली उर्जा उद्योगबाट प्रभावित अरबीहरुलाई नेपालले working  visa दिनु पर्ने l

यसै बिषयलाई लिएर अमेरिका अनि अस्ट्रेलियामा पनि बहस सुरु भएको छ l अधिकांस अस्ट्रेलियनहरुले clean energy को स्वागत गरे पनि केहिले बिरोध गरेको छन् l बिरोधिहरुको अनुसार यस्तो सस्तो उर्जाले गर्दा बनस्पतिजन्य पदार्थको खपतमा ह्रास आई जंगलको ब्यापक बिस्तार हुने र जंगलको बिस्तार संगै कंगारूहरुको जनसंख्यामा बिस्फोट हुने लगभग निश्चित भएको दाबी गरेको छन् l जंगलमा कंगारूहरुको अत्यधिक संख्याको कारण तिनीहरु मानब बस्ति तर्फ पलायन हुने छ l  मल, सडक, पार्क, घर सर्बत्र तिनको उपस्थितिले २-४ दिन रमाइलो नै भए पनि तिनीहरुले गर्दा मानब जनजीबन असुरक्षित हुने छ l  कति बेला ? -कहा ? kangaroo -kick खानु पर्ने हो त्येसको यकिन गर्नु नसकिने बताएको छन् l(हालै प्राप्त अर्को स्रोतको अनुसार एउटा व्यवसायिक कम्पनीले कंगारू आक्रमणबाट जोगाउने खालको हेल्मेट+पोशाक उत्पादन सुरु गरेको छ l २ हप्ता अगाडी अग्रिम बुकिंग खुला गरेको सो कम्पनीले माग थेग्नै नसक्ने गरि प्राप्त भएकोले अर्को कारखाना खोल्ने बताएको छ र त्येसको लागि निसुल्क उर्जा प्राप्त हुने देश नेपाल नै एकमात्र उपयुक्त मुलुक भएको कम्पनीको वेब-साइटमा जनाइएको छl) यसै बिषयलाई लिएर अमेरिकी सिनेटमा पनि व्यापक बहस भएको बुझिएको छ l एल-गोर लगायतको पर्यावरणबादीहरुले यसको खुलेर समर्थन गरेपनि radical अमेरिकीहरु भने नेपालको मौलाउदो बर्चस्व देखि त्रसित भएको छन् l नेपालको आर्थिक हैसियत यहि रीतले बढ्दैजाने हो भने नेपाल एक धुर्बिय सक्ति केन्द्रको केन्द्र बिन्दु बन्न एक दसक पनि नलाग्ने उनीहरुको दाबी छ l यी बिबादहरुलाई मद्यनाजर राख्दै ओबामा प्रशासनले मध्यमार्गी बाटो खोजिरहेको कुरो रास्ट्रपति ओबमजीले “नेपाली राजदूतलाई राजदूतको  निवासमा नै गएर” जाहेर गरेको कुरो white  house ले जनाएको छ l

  • २९ पुस, काठमाडौं । मुलुकमा लोकतन्त्र आइसकेपछि अब देश अधिराज्यबाट राज्यमा परिणत भैसकेको छ । तर आफूलाई लोकतन्त्र र गणतन्त्रवादी भन्ने नेताहरु तथा सरकारी कर्मचारीले अझै अधिराज्य भन्न छाडेका छैनन् । राजा र राजतन्त्र बिरुद्ध चर्का भाषण गर्ने नेताहरु बेलाबेला अधिराज्य शब्द घुसाइहाल्छन् । त्यस्तै कतिपय सरकारी कर्मचारीले बोलीचालीमा मात्रै होइन, प्रशासनिक कामकाजमा समेत अधिराज्य शब्द नै उल्लेख गर्छन् । एउटा मात्र उदाहरणको लागि शुक्रबार एक दैनिक पत्रिकामा प्रकाशित सरकारी विज्ञापन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको विज्ञापनमा अधिराज्य शब्द उल्लेख छ । सरकारी निकायकै रुपमा रहेको प्रतिष्ठानका कर्मचारीलाई शायद अधिराज्यको अर्थ थाहा नभएर हो या बानी जान नसकेर त्यो शब्द प्रयोग गरे । यसरी खोजी गर्दै जाने हो भने अधिराज्य शब्द अन्यत्र पनि यसैगरी प्रयोग भैरहेको भेटिन्छ । अधिराज्यको अर्थः अधिराज्य भन्ने शब्द युनाईटेड किङडम अर्थात संयुक्त अधिराज्य बेलायतबाट नेपाल भित्रिएको हो । किङडमको नेपाली रुप अधिराज्य हो । किङ भनेको राजा र डक भनेको राजाको अधिनमा रहेको भुभाग । बेलायत राजा रानीको अधिनमा रहेको साम्राज्य भन्ने बुझाउन युनाइटेड किङडम भनिएको हो । संसारभर प्रचलित अक्सफोर्ड डिस्नेरी हेर्ने हो भने पनि किङडमको अर्थ राजा वा रानीले शासन गर्ने देश भन्ने बुझाउँछ । अर्थात अधिराज्यको मतलब एउटा व्यक्तिद्वारा नियन्त्रित क्षेत्र जहाँ कुनै एकल चीज वा विचारको हालीमुहाली भन्ने हुन्छ । नेपाली शब्दकोश अनुसार अधिराज्य भनेको अधीनस्थ भूमी वा देश हो । अधिराज्यको अर्थ सर्वोपरि नायक, सम्राट वा महाराजधिराज हुन्छ । त्यसो भए के को अधिराज्य ? अधिराज्यले राजाले शासन गरेको देश भन्ने बुझाउँछ । त्यसो भए अहिले राजा छन् ? छैनन् भने किन त यो शब्दको प्रयोग ? नेपालबाट राजतन्त्र उन्मूलन गरेर संघीय गणतन्त्रात्मक राज्य घोषणा भैसकेपछि अब नेपाल अधिराज्य भन्न मिल्दैन र पाईंदैन पनि । २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधान र २०६५ जेठ १५ गतेको संविधानसभा बैठकपछि मुलुक वैधानिक रुपमा संघीय गणतन्त्रात्मक देश भैसकेको छ । यति हुँदाहुँदै पनि पञ्चायती व्यवस्थामा जस्तो अझै अधिराज्यको शब्द प्रयोग हुन छोडेको छैन । सामन्ती राजतन्त्रसँग जोडिएको अधिराज्य श्ाब्दमाथि बन्देज लगाउन को तात्ने हो ? कि यो गम्भीर विषय होइन ? ख्याल गर्ने कि नेताज्यूहरु ।

सधैं सम्झनुहोस्…

एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !

नेपाल टेलिभिजन

EXCHANGE RATE

This page has been visited

  • 42,926 times since 1st april

Top Rated

Watch videos at Vodpod and other videos from this collection.
Follow

Get every new post delivered to your Inbox.